जोडिनुहोस
  • होमपेज
  • दीपेन्द्रसिंह ऐरीले यूएईको इन्टरनेशल लिग टी–२० खेल्ने

दीपेन्द्रसिंह ऐरीले यूएईको इन्टरनेशल लिग टी–२० खेल्ने

नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले इन्टरनेशल लिग टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । यूएई क्रिकेट बोर्डको आधिकारीक उक्त लिग दीपेन्द्रले गल्फ जायन्ट्सबाट खेल्ने छन् । दीपेन्द्र आज साँझ युएईतर्फ जानेछन् । युएईमा जारी प्रतियोगितामा गल्फ जायन्यट्स ८ खेलमा समान ४ मा जित र हारका साथ तेस्रो स्थानमा छ । दीपेन्द्र सम्मिलित गल्फ जायन्ट्समा कार्लोस ब्रेथवेट, आयन खान, शिम्रन हेटमायर, क्रिस लिन र जेम्श भिन्स जस्ता खेलाडी छन् । दीपेन्द्र ६ महिनाअघि क्रिस लिनकै कप्तानीमा ग्लोबल टी–२० क्यानडा मोन्टरिएल टाइगर्सबाट खेल्दै टिमलाई च्याम्पियन बनाएका थिए । गल्फ जायन्ट्सले आज एमआई इमिरेट्ससँग खेल्नेछ । आजको खेल भने उनले गुमाउनेछन् । क्यानडासँगको तीन खेलको सिरिजमा नेपालले दीपेन्द्रलाई विश्राम दिएको छ । त्यसैको कारण उनी यूएई जान पाउनेछन् । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज नेपालले घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र नामिबियासँग खेल्दैछ । दीपेन्द्र लिग २ का लागि भने नेपाली टोलीमा उपलब्ध हुनेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका