जोडिनुहोस
  • होमपेज
  • नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

शनिबार नेपाल र चिनियाँ युवा टोलीबीच दशरथ रंगशालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएको हो । नेपालको युवा फुटबल टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोली बुधबार नेपाल आइसकेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् राखेप र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए । खेल तीन बजेदेखि सुरु हुने र त्यसअघि कुटुम्व ब्याण्डको सांगीतिक कार्यक्रमका साथै चिनिया ड्रागन शो लगायतका कार्यक्रम हुने उनले बताए । खेलका लागि साधारण प्याराफिटतर्फ ३ सय र भिआइपी प्याराफिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको प्रवक्ता शाहले बताए । मैत्रीपूर्ण खेल आयोजनाले नेपाली युवा फुटबल खेलाडीहरूलाई थप उत्साहका साथ नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने एन्फाको विश्वास छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका