जोडिनुहोस
  • होमपेज
  • युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त

युक्रेन। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सेना प्रमुख भालेरी जालुज्नीलाई बर्खास्त गरेका छन् । रुससँगको द्वन्द्व सुरु भएदेखि नै राष्ट्रपति जेलेन्स्की र जनरल जालुज्नीबीचको सम्बन्ध सुमधुर हुन नसकेको चर्चा हुँदै आएको थियो ।

राष्ट्रपति जेलेन्स्कीले सेनापति जालुज्नीको स्थानमा जनरल ओलेक्सान्डर सिर्स्कीलाई नियुक्त गरेका छन् । फेब्रुअरी २०२२ मा रुसले आक्रमण सुरु गरेपछि युक्रेनको सैन्य नेतृत्वमा यो सबैभन्दा ठूलो परिवर्तन हो ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उच्च कमाण्डलाई नवीकरण गर्न आवश्यक रहेकोले परिवर्तन गरिएको बताएका छन् । यसैबीच राष्ट्रपति जेलेन्स्कीले जनरल जालुज्नी पनि आफ्नो टोलीमा रहन सक्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका