जोडिनुहोस
  • होमपेज
  • भारत, गुयाना तेल र ग्यास आदान प्रदान गर्न सहमत

भारत, गुयाना तेल र ग्यास आदान प्रदान गर्न सहमत

नयाँ दिल्ली– भारत दक्षिण अमेरिकी देश गुयानाबाट कच्चा तेल खरिद गर्न सहमत भएका छन् । यस्तै, तेलको दिर्घकालीन विकास र उत्पादनको लागि सहयोग गर्न सहमत भएका छन्।

तेलमन्त्री हरदीप सिंह पुरीले बिहीबार गुयानाका राष्ट्रपति मोहम्मद इरफान अलीलाई भेटेका थिए। नेताहरूले तेल र ग्यास क्षेत्र जीटुजी सहयोग गर्ने सहमति जनाएको इकोनोमिक टाइम्सले लेखेको छ । यसैगरी, तेलको उत्खनन्, भण्डारण र निर्यातलाई सहज बनाउन दुईवटा प्राविधिक टोली गठन गर्न नेताहरु सहमत भएको मन्त्रालयले जनाएको छ ।

आगामी फेब्रुअरीमा गुयानाका उपराष्ट्रपति भरत जगदेवको भारत भ्रमणको क्रममा भावी सहयोगको विषयमा निर्णय हुने बताइएको छ । गुयाना सरकारको पूर्ण स्वामित्वमा रहेको कम्पनी गुयाना पावर एण्ड ग्यास इन्क र इन्जिनियर्स इन्डिया लिमिटेडबीच गुयानामा ३०० मेगावाटको पावर प्लान्ट परियोजनाका लागि परामर्श सेवा उपलब्ध गराउने सम्झौता पनि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका