जोडिनुहोस
  • होमपेज
  • पाकिस्तान निर्वाचन नवाज सरिफ र बिलाबल भुट्टो मिलेर सरकार बनाउने सम्भावना

पाकिस्तान निर्वाचन  नवाज सरिफ र बिलाबल भुट्टो मिलेर सरकार बनाउने सम्भावना

पाकिस्तानमा पछिल्लो चुनावी नतिजामा कसैले स्पष्ट बहुमत पाउन सकेका छैनन, यद्यपि सरकार गठनका लागि प्रयास भने सुरू भइसकेको छ । पछिल्ला केही दिनदेखि देशको राजनीतिमा आम चुनावमा जेलमा परेका पूर्व प्रधानमन्त्री इमरान खानका वफादार स्वतन्त्र उम्मेदवारहरूले कडा प्रदर्शन गरिरहेका छन् । चुनावमा अहिलेसम्म इमरान खानको पार्टीले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले ९१ सिट प्राप्त गरेका छन् भने नवाज सरिफको पीएमएल–एनले ७१ सिट र बिलावल भुट्टोको पीपीपीले ५४ सिट ल्याएको छ । अन्य दलले ३५ सिटमा जीत हासिल गरेका छन । अझै १५ सिटको मतगणना बाहिर आउन बाँकी रहेको छ ।

तर, जियो न्यूज रिपोर्टका अनुसार पाकिस्तान मुस्लिम लिग नवाज ९पीएमएल–एन० र पाकिस्तान पिपुल्स पार्टी ९पीपीपी० केन्द्र र पञ्जाबमा गठबन्धन सरकार बनाउन सहमत भएका छन् । केन्द्र सरकारको तहमा पनि दुई समुहका बीच सहमति भइसकेको छ । पीएमएल–एनका अध्यक्ष शहबाज सरिफले पीपीपीका अध्यक्ष बिलावल भुट्टो र पूर्व राष्ट्रपति आसिफ अली जरदारीलाई भेटेर पाकिस्तानका लागि मिलेर काम गर्न निम्तो दिएका छन् ।

उता, इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफले इस्लामावादको तीन सिटको नतिजामाथि प्रश्न उठाएको छ । यी सिटको नतिजालाई चुनौती दिँदै पीटीआई उच्च अदालत पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका