जोडिनुहोस
  • होमपेज
  • कञ्चनपुर र बाराबाट लागूऔषधसहित चार जना पक्राउ

कञ्चनपुर र बाराबाट लागूऔषधसहित चार जना पक्राउ

कञ्चनपुर र बाराबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १३ ग्राम ६ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली गौरीगंगा नगरपालिका ९ शंकरपुर बस्ने ३३ वर्षीय जनक सापकोटा र सोही नगरपालिका ८ बडयापुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुपप्र ०१-००८ प २६०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै, बाराको कलैया उपमहानगरपालिका १ देवकोटा चोकबाट नियन्त्रित लागूऔषध डाईजापाम ५६ ट्याब्लेट, फेनारगन ५३ ट्याब्लेट, नोरफिन ५३ ट्याब्लेट, ट्रामानिल ६ सय ५० ट्याब्लेट, सिरिन्ज ५ थानसहित निजगढ नगरपालिका ६ योजना टोल बस्ने २९ वर्षीय हेम बहादुर थापासमेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले ना५६ प ८७७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका