जोडिनुहोस
  • होमपेज
  • प्रहरी समायोजन अघि बढाउन ५ सदस्यीय समिति गठन

प्रहरी समायोजन अघि बढाउन ५ सदस्यीय समिति गठन

गृह मन्त्रालयले प्रहरी समायोजन अघि बढाउन पाँच सदस्यीय समिति गठन गरेको छ । प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरेको गृह मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

प्रशासन माहाशाखामा प्रमुख तोकिएका छैनन् । अहिले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईले प्रशासनको जिम्मेवारी पनि सम्हाल्नुभएको छ । समितिको सह–संयोजकमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव थानेश्वर गौतम, प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक र मन्त्रालयका उपसचिव सदस्य छन् ।

मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य–सचिव रहने गरी पाँच सदस्यीय समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ । कानुनअनुसार ‘प्रहरी कर्मचारी समायोजन समिति’ बनाएर समायोजन शुरु भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रहरी समायोजन ऐन–२०७६ बमोजिम नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी सङ्घीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन काम भइरहेको मन्त्रालयले जनाएको छ । प्रदेश तहमा प्रहरी नहुँदा काम गर्न समस्या भइरहेको भन्दै सबै प्रदेश मुख्यमन्त्रीहरूले प्रहरी समायोजनका लागि दबाब दिँदै आएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका