जोडिनुहोस
  • होमपेज
  • मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी काठमाडौंमा

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी काठमाडौंमा

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० शनिबारबाट काठमाडौंमा सुरु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे ।

काठमाडौंको आर्ट काउन्सिलमा सुरु प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरू समावेश गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

कला साहित्य खेलकुद क्षेत्रलाई ध्यानमा दिई विकास गर्न नसके समग्र समाजको विकास हुन नसक्ने उनले बताए । चित्रकला प्रर्दशनी फागुन १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका