जोडिनुहोस
  • होमपेज
  • टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस समारोह

टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस समारोह

काठमाडौँ– काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष कार्यक्रमका साथ ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ ।

१०४ वर्षीय जहानियाँ शासनविरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिको बलमा राणा शाहीले घुँडा टेक्न पुगेको दिन २००७ साल फागुन ७ गतेको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा मूलसमारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रिय गान प्रस्तुति, झण्डोत्तलन, ज्ञात–अज्ञात सहिदप्रति मौनधारण गरिएको थियो ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि एवं बेलुनहरू उडाइएको थियो । साथै शान्तिका प्रतीक परेवा उडाइएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा ‘मार्चपास’ र ‘ब्याण्ड’ प्रस्तुत गरिएको थियो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू संवैधानिक निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका