जोडिनुहोस
  • होमपेज
  • सङ्क्रमणकालीन विधेयक सदनबाट छिट्टै पारित हुन्छ; प्रधानमन्त्री

सङ्क्रमणकालीन विधेयक सदनबाट छिट्टै पारित हुन्छ; प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनबाट छिट्टै पारित हुने बताएका छन् । २३ औं मजदुर बलिदान दिवसका अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उपसमिति र समिति हुँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी भइरहेको र पीडितलाई न्याय हुने गरी कानूनको टुङ्गो लाग्ने बताएका हुन् । जनयुद्धका सहिदहरूलाई राज्यबाट दिइने सेवा सुविधा लगायतका सबै विषय विधेयकमा समेटिएको भन्दै प्रचण्डले सबैको न्यायोचित सम्मान हुने धारणा राखे ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएपछि सबैले गरेको बलिदानको उच्च मूल्याङ्कन हुने उनले बताए । प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी कुरा टुङ्गिएपछि जनयुद्ध दिवसको बिदा हुने विश्वास व्यक्त गरे । उनले मजदुरहरू आन्दोलित नभएको भए मुलुकको परिवर्तन असम्भव रहेकाले मजदुर बलिदानी दिवसको निकै महत्त्व रहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका