जोडिनुहोस
  • होमपेज
  •  झापामा एकैसाथ तीन जना लागुऔषध कारोवारी पक्राउ

 झापामा एकैसाथ तीन जना लागुऔषध कारोवारी पक्राउ

दमक- झापामा एकैसाथ तीन जना लागुऔषध कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ५ बाट ३ जना लागुऔषध कारोवारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

भारतबाट नेपालतर्फ ७० ग्राम ब्राउनसुगर लिएर आँउदै गरेको अवस्थामा नुवाकोट तार्केश्वर गाउँपालिका ३ बस्ने ३० वर्षका सविन परियार, सिन्धुली दुधौली नगरपालिका ११ बस्ने ३० वर्षका खड्ग सुनुवार र झापा मेचीनगर नगरपालिका ५ बद्रीटोल बस्ने २३ वर्षका विक्रम दनुवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

लागुऔषध कारोवारलाई निस्तेज गर्नका लागि विशेष रुपमा नै प्रहरी परिचालन गरेर सिमामा कडाइ गरेपछि दिनहुँजसो लागुऔषध कारोवारीहरु पक्राउ पर्दै आएको उहाँले बताउनुभयो ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान सुरु गरिएको रिजालले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका