जोडिनुहोस
  • होमपेज
  • पृथ्वीमा एलियनको उपस्थिति रहेको प्रमाण नभेटिएको अमेरिकाको भनाइ

पृथ्वीमा एलियनको उपस्थिति रहेको प्रमाण नभेटिएको अमेरिकाको भनाइ

अमेरिकाले अरु ग्रहका जीव अर्थात एलियनको उपस्थिति रहेको कुनै पनि प्रमाण नरहेको बताएको छ । हिजो अमेरिकी कांग्रेसमा पेस गरिएको प्रतिवेदनमा अमेरिकी आकासमा सन् १९५० र ६० को दशकमा देखिएको अपरिचित दृष्य अमेरिकी जासुसी विमान र अन्तरिक्ष प्रविधिको परीक्षणका कारण देखिएको उल्लेख रहेको बीबीसीले जनाएको छ ।

प्रतिवेदनमा त्यसबेला आकाशमा देखिएका अपरिचित दृष्य अर्थात यूएफओका दृश्यहरू पृथ्वीकै सामान्य वस्तुहरू रहेका उल्लेख छ । तर पेन्टागनका अधिकारीहरूले उनीहरूको अनुसन्धानले एलियन आगन्तुकहरूको बारेमा लोकप्रिय विश्वासलाई रोक्न नसक्ने बताएका छन् ।

यो प्रतिवेदन अमेरिकी सरकारद्वारा यूएफओको जाँच गर्ने व्यापक सार्वजनिक प्रयासको एउटा भाग हो । प्रतिवेदनमा नासाका अधिकारीहरूसँग सार्वजनिक बैठकहरू र कंग्रेसमा गरिएका सुनुवाइहरू समावेश छन् ।

एको एक सर्वेक्षणका अनुसार ४० प्रतिशतभन्दा धेरै अमेरिकीहरूले एलियन स्पेसक्राफ्टले पृथ्वीको भ्रमण गरेको विश्वास गर्छन् । यसरी विश्वास गर्नेको सङ्ख्या दुई वर्षमा ३३ प्रतिशतबाट बढेर ४० प्रतिशत पुगेपछि अमेरिकी कंग्रेसले एउटा समिति गठन गरी प्रतिवेदन बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका