जोडिनुहोस
  • होमपेज
  • थुनुवालाई समात्न खोज्दा भीरबाट लडेर दार्चुलामा प्रहरी जवानको ज्यान गयो

थुनुवालाई समात्न खोज्दा भीरबाट लडेर दार्चुलामा प्रहरी जवानको ज्यान गयो

दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत ३० वर्षीय सोहन चौधरीको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आज बिहान साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडि रहेको भीरबाट लडेर प्रहरी जवान सुवान चौधरी घाइते हुनुभएको थियो ।

प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर मुद्दा फाँटमा सोधपुछका क्रममा भागेका थिए । हतकडीसहित भागेका उनलाई समात्न खोज्दा प्रहरी जवान चौधरी भीरबाट लड्नुभएको थियो । उनी प्रहरी कार्यालयको पछाडिको भागबाट हाम फालेर महाकाली नदीमा पौडी खेल्दै भारततिर पुगेका थिए । उनलाई भारतपट्टिका गोरखा रेजिमेन्ट जीआर ले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ ।

हिरासतमा रहेका उमेशसिंह कुँवर यसअघि माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार रहेका थिए । उनले प्रहरीले यही फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो । उनले श्रीमती धनिशालाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा उजुरी आएपछि माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगा बगरबाट प्रहरीको टोली घरमा पुगेको थियो । घरमा पुगेका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नामाथि उमेशसिंहले चक्कु प्रहार गरी घाइते बनाएका थिए । पक्राउ परेका कुँवरमाथि प्रहरीले अपहरण तथा बन्धक, ज्यान मार्ने उद्योग र जबरजस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका