जोडिनुहोस
  • होमपेज
  • सेयर बजारको खराब सुरुवात : २ अंकले नेप्से घट्दा ९६ करोडको कारोबार

सेयर बजारको खराब सुरुवात : २ अंकले नेप्से घट्दा ९६ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्सेमा २ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २.८० अंकले घट्दै १९ सय ३१.६८ अंकको विन्दुमा ओर्लिएको हो ।

उसो त २ अंकले घटेको बजारमा आज कारोबारसमेत ९६ करोड ६६ लाख २२ हजार रुपैयाँमा झरेको छ । आज चार वटा उपसूचक बाहेक बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् । बैङ्किङ समूहको उपसूचक झिनो ०.०१ प्रतिशतले मात्र बढेको छ भने होटेल तथा पर्यटन समूहको उपसूचक ४.६५ प्रतिशतले, जीवन बीमा समूह ०.०९ प्रतिशतले र निर्जीवन बीमा ०.२२ प्रतिशतले बढेको छ । अन्य ९ वटा उपसूचक १ प्रतिशत कमले घटेका छन् ।

आज आदर्श लघुवित्त वित्तीय संस्था, मोलुङ हाइड्रोपावर कम्पनी र कालिन्चोक दर्शनको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेको छ भने एसियन हाइड्रोपावरको सेयर मूल्य ७.८३ प्रतिशतले घट्न पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका