जोडिनुहोस
  • होमपेज
  • प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार भएन ; उपसभामुख राना

प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार भएन ; उपसभामुख राना

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार हुन नसकेको बताएकी छन् । सोमबार काठमाडौंमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित सम्मान कार्यक्रममा उपसभामुख रानाले महिलाहरूमा डिजिटल पहुँच कार्यक्रम पूर्ण रुपमा सफल नभएको भन्दै यसलाई राज्यको अग्रसरतामा सफल बनाउनुपर्ने बताइन् ।

यस्तै स्वास्थ्य र शिक्षा क्षेत्रमा महिलाहरूका लागि लगानी गर्नुपर्ने उनले बताइन् । उनले महिलाहरूलाई आर्थिक रुपमा सबल बनाउनका लागि पनि राज्यले आवश्यक लगानी गर्नुपर्नेमा जोड दिए । महिला अधिकारको नीति बनाउनका लागि आफूले सांसदहरूलाई प्रेरित गर्ने काम गरिरहेको उनले बताइन्। कार्यक्रममा विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने महिलाहरूलाई सम्मान गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका