जोडिनुहोस
  • होमपेज
  • पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्नुपर्छ ; राष्ट्रपति पौडेल

पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्नुपर्छ ; राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटनको विकासका लागि मुलुकको मौलिक कला र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् । बुधबार ललितपुरको बालकुमारीमा रहेको पुनः निर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले पर्यटनको विकासका लागि मुलुकको कला र संस्कृति विश्वमा आकर्षणको केन्द्र बनेकाले यिनको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

उनले कला संस्कृति जगेर्नामा देखिएको उत्साह मुलुकलाई सुन्दर राष्ट्र बनाउनमा समेत उपयोग गर्नुपर्ने धारणा राखे । राष्ट्रपति पौडेलले उपत्यकाका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुनः निर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए । उपत्यकाको अनुसरण अरु स्थानीय तहले गर्ने हो भने देश समृद्ध बन्नेमा विश्वस्त हुन सकिने उनले बताए ।

त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विनाशकारी भूकम्पले क्षति पुगेको मन्दिर निर्माणमा महानगरले आर्थिक सहयोग गरेको र यसलाई मौलिक तवरबाटै पुनः निर्मित गरिएको बताए । उनले ललितपुर महानगरभित्र आफ्नो कार्यकालमा ऐतिहासिक महत्वका एक सय ५५ वटा मठमन्दिर, पाटी पौवा, देवालय, शिवालय, फाल्चा निर्माण सम्पन्न गरेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका