जोडिनुहोस
  • होमपेज
  • देशभर स्थानीय वायु सक्रिय, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

देशभर स्थानीय वायु सक्रिय, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं।नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभाव छ। स्थानीय वायु सक्रिय रहँदा मौसममा सामान्य बदली हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रह्को छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यस्तै रातको समयमा देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम विश्लेषण

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित(आंशिक प्रभाव रहेको छ।

हाल मौसमको अवस्था

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका