जोडिनुहोस
  • होमपेज
  • ओलीको टिप्पणी- गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग अनावश्यक

ओलीको टिप्पणी- गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग अनावश्यक

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक रहेको टिप्पणी गरेका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले छानविन समिति केका लागि बन्ने भन्दै सम्भव नै नरहेको बताए ।

सरकारबाट बाहिर हुनेबितिकै कांग्रेस जस्तो पार्टीले आक्रोश उत्तेजना देखाएर संसद् अवरुद्ध गर्ने काम गरेको उनले बताए । ओलीले कांग्रेसबाट परिपक्क प्रतिपक्षीको भूमिकाको आह्वान गरे ।

त्यसअघि संसद्‌मा कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका