जोडिनुहोस
  • होमपेज
  • ‘न्यूरालिङ्क’ कम्पनीको चिप प्रयोग गरी पक्षघातका बिरामीले खेले अनलाइन चेस

‘न्यूरालिङ्क’ कम्पनीको चिप प्रयोग गरी पक्षघातका बिरामीले खेले अनलाइन चेस

एलन मस्कको चिप कम्पनी ‘न्यूरालिङ्क’ले आफ्नो पहिलो दिमागका बिरामीलाई प्रत्यारोपण गर्ने उपकरण यन्त्र प्रयोग गरेर कम्प्युटरमा कर्सर चलाएको सार्वजनिक भएको छ । सामाजिक सञ्जाल एक्सको नौ मिनेटको प्रत्यक्ष प्रशारणमा नोल्यान्ड अर्बागले अनलाइन चेस खेल्नको लागि कर्सर प्रयोग गरेको देखिन्छ । गाडी दुर्घटना भएपछि अर्बागको काँध मुनी पक्षाघात भएको थियो ।

त्यसपछि उनको दिमागमा चिप प्रत्यारोपण गरिएको थियो । जटिल न्यूरोलोजिकल अवस्थाको सामना गर्न मानिसको दिमागमा कम्प्युटरमा जडान गर्नु नै ‘न्यूरालिङ्क’ कम्पनीको लक्ष्य हो । शल्यक्रिया एकदम सजिलो भएको अर्बागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अर्बागले भिडियो गेम ुसिभिलाइजेशन भी।आईु खेल्न दिमागमा चिप प्रत्यारोपण प्रयोग गरेका थिए ।

‘न्यूरालिङ्क’ ले उसलाई त्यस्तो क्षमता दियो जसले गर्दा लगातार आठ घण्टा खेल्न सके । एक पाउन्ड सिक्काको साइजमा रहेको ‘न्यूरालिङ्क’ दिमागमा राखिन्छ । यसमा माइक्रोस्कोपिक तारहरू हुन्छन् जसले न्यूरोन गतिविधि पढ्न सक्छ र प्राप्त गर्ने एकाइमा बिना तार पनि सङ्केत फिर्ता गर्न सक्छ । कम्पनीले सुँगुरहरूमा पनि परीक्षण चलाएको छ । बाँदरहरूले पनि भिडियो गेम ‘पोङ’को आधारभूत संस्करण खेल्न सक्ने कम्पनीले दाबी गरेको छ ।

‘न्यूरालिङ्क’ लाई ‘फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन’ ९एफडीए० ले सन् २०२३ को मे मा मानिसमा चिप परीक्षण गर्ने अनुमति दिएको थियो । ‘न्यूरालिङ्क’ यो प्रविधिलाई परिष्कृत गरी व्यापारीकरण गर्ने कम्पनी र विश्वविद्यालय विभागको बढ्दो सङ्ख्यामध्ये एक हो । यस्तै वैज्ञानिकले सङ्केत पत्ता लगाउन सक्ने अरू उपकरण पनि विकास गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका