जोडिनुहोस
  • होमपेज
  • क्यानडाले अब इजरायललाई हतियार नबेच्ने

क्यानडाले अब इजरायललाई हतियार नबेच्ने

एजेन्सी । अब क्यानडाले इजरायललाई हतियार नबेच्ने भएको छ । संसदमा यससम्बन्धमा मतदानपछि यस्तो निर्णय भएको हो ।

विदेशमन्त्री मेलानी जोलीले भविष्यमा उनको सरकारले इजरायललाई हतियार नबेच्ने बताए । विभिन्न दलहरुले इजरायललाई हतियार बिक्री रोक्न माग गर्दै प्रस्ताव ल्याएपछि त्यसमा मतदान भएको थियो । जसको पक्षमा २०४ मत र विपक्षमा ११७ मत परेको छ ।

पारित भएको सो प्रस्तावमा प्यालेस्टाइन राज्य स्थापनाका लागि काम गर्न सरकारलाई निर्देशन समेत दिइएको छ । पछिल्लो समय प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि गाजामा इजरायली आक्रमणको आलोचना गर्दै आएका छन् ।

पछिल्लो कदमले गाजामा इजरायलको नरसंहारकारी युद्धमा क्यानडाको मिलेमतो अन्त्य गर्नेतर्फको सानो कदम भएको क्यानेडियन्स फर जस्टिस एन्ड पिस इन द मिडल इस्ट नामक समूहले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका