जोडिनुहोस
  • होमपेज
  • नगरपालिकाले महसुल नतिरेपछि प्राधिकरणले कुश्मा बजारका सडक बत्ती र सरकारी कार्यालयको लाइन काट्यो

नगरपालिकाले महसुल नतिरेपछि प्राधिकरणले कुश्मा बजारका सडक बत्ती र सरकारी कार्यालयको लाइन काट्यो

नेपाल विद्युत् प्राधिकरणले महसुल नतिर्ने पर्वतको सदरमुकाम कुश्मा बजारका सडक बत्ती र केही सरकारी कार्यालयको बिजुली काटिदिएको छ । लामो समयदेखिको बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणको पर्वत वितरण केन्द्रले चार दिनअघि लाइन काटिदिएको हो । लाइट काटिएपछि बजार क्षेत्रसँगै केही सरकारी निकाय चार दिनदेखि अन्धकार बनेका छन् ।

वितरण केन्द्रले कुश्मा नगरपालिकाअन्तर्गतका सबै सडक बत्ती काटिदिएको हो । नगरपालिकाले २०७५ सालदेखि सडक बत्ती, नगरपालिकाअन्तर्गत रहेको प्रहरी बिट, स्वास्थ्य एकाइलगायत ठाउँको महसुल नबुझाएपछि लाइन नै काट्नुपरेको वितरण केन्द्रले जनाएको छ । नगरपालिकाले ७४ लाख २० हजार रुपैयाँ प्राधिकरणलाई बुझाउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका