जोडिनुहोस
  • होमपेज
  • सन्दीपविरुद्धको मुद्दा हेर्दा हेर्दैमा, आज पनि सकिएन सुनुवाइ

सन्दीपविरुद्धको मुद्दा हेर्दा हेर्दैमा, आज पनि सकिएन सुनुवाइ

सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ । जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइ जारी रहेको छ । लामो सयमदेखि अदालतमा अड्किएको यो मुद्दामा आज भएको सुनुवाइ नसकिएपछि यो हेर्दा हेर्दैमा राखिएको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा आज पहिला पीडिततर्फबाट सरकारी वकिलले बहस गरेका थिए । सरकारी वकिलले बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्ने तालिका छ । पीडितका तर्फबाट बहस पूरा भएपछि अभियुक्त सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि सन्दीपको मुद्दाले किनारा पाउनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका