जोडिनुहोस

खेलकुद

लखनउमा एसपीएको जित

लखनउमा एसपीएको जित

लखनउ, भारतको लखनउमा जारी इन्टरनेशल स्कुल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा धनगढीको एसपीए कलेजले फराकिलो जित हात पारेको छ ।

सोमबार राति लखनउस्थित सिटी मन्टेश्वरी स्कुलको मैदानमा भएको खेलमा एसपीएले कोलकत्ताको साउथ इन्टरनेशनल स्कुललाई ११० रनले पराजित गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको एसपीएले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफमा कोलकत्ता १६।१ ओभरमा सबै विकेट गुमाएर ६५ रनमा समेटियो ।

कोलकत्ताका यश पर्मरले सर्वाधिक २१, प्रथर्म खेमले १४ रन जोडे । एसपीएका सौर्य श्रेष्ठले सानदार बलिङ गर्दै ३ विकेट हात पारे । उनले ४ ओभरमा २ ओभर मेडन राख्दै १३ रन खर्चिएका थिए । यस्तै सचिन सावदले पनि ३ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका