जोडिनुहोस
  • होमपेज
  • उत्तर कोरियाले विश्वकप छनौटको खेल स्थगित गरेपछि जापानलाई विजेता घोषित

उत्तर कोरियाले विश्वकप छनौटको खेल स्थगित गरेपछि जापानलाई विजेता घोषित

काठमाडौँ । विश्वकप छनौट अन्तर्गत जापान र उत्तर कोरियाबीचको खेल स्थगित भएपछि जापानलाई विजेता घोषणा गरिएको छ ।

उत्तर कोरियाको प्योङयाङमा गत मंगलबार हुनुपर्ने यो खेल उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगित गरेको थियो । तर, उत्तर कोरियाले खेल रद्द गर्नुको कुनै कारण भने दिएको थिएन । खेल स्थगित भएपछि विश्व फुटबलको सञ्चालक निकाय फिफाले जापानलाई यो खेलमा ३-० ले विजेता घोषित गरेको छ ।

एसिया विश्वकप छनौटको समूह ‘बी ‘मा रहेको जापान ९ अंकसहित शीर्ष स्थानमा रहेको छ भने यस समूहमा रहेको सिरिया ४ खेलमा ७ अंकसहित दोस्रो, उत्तर कोरिया ३ खेलमा ३ अंकसहित तेस्रो र म्यान्मार ४ खेलमा एक अंकसहित चौथो स्थानमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका