जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्री लामिछानेसँग धरान उपमहानगरपालिका प्रमुख साम्पाङको भेट-के भयो कुरा ?

गृहमन्त्री लामिछानेसँग धरान उपमहानगरपालिका प्रमुख साम्पाङको भेट-के भयो कुरा ?

काठमाडौं। धरान उपमहानगरका मेयर हर्कराज राईले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । मन्त्री लामिछानेलाई भेट्न मेयर राई आज (आइतबार) सिंहदरबारस्थित् गृह मन्त्रालय पुगेका हुन् ।

उनीहरुबीच पछिल्लो समय राम्रो सम्बन्ध नभएको चर्चा छ । खासगरी मेयर राईले सामाजिक सञ्जालमार्फत रवि लामिछानेको बारेमा विभिन्न टिकाटिप्पणी गरेपछि उनीहरुबीच सम्बन्ध चिसिएको चर्चा छ । गृहमन्त्री लामिछाने र मेयर राईबीच आगामी बैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनको विषयमा पनि छलफल भएको बुझिएको छ ।

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बुलाई उम्मेद्वार बनाएको छ । हिजोमात्रै रास्वपाले इलाममा उम्मेद्वारसहित आमसभा गरेको थियो । उता, हर्कले पनि इलामको उपनिर्वाचनमा स्वतन्त्र भन्दै डेकेन्द्र सिंह थेगिमलाई चुनावी मैदानमा उतारेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका