जोडिनुहोस
  • होमपेज
  • ५ वटा परियोजनाका लागि १ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत

५ वटा परियोजनाका लागि १ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत

लगानी बोर्डले विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । आज बसेको लगानी बोर्डको ५७ औँ बैठकले विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो । लगानी बोर्डका सह–सचिव प्रद्युम्नप्रसाद उपाध्यायले सुपर तमोर जलविद्युत् आयोजना, अपर मोरङ ए जलविद्युत् आयोजना, कोहलपुर बाणगङ्गामा रहेको सौर्य ऊर्जा परियोजना, ह्वासिङ नारायणी सिमेन्ट र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि झन्डै एक खर्ब रुपैयाँ बरारको लगानी स्वीकृत भएको बताउनुभयो ।

सह–सचिव उपाध्यायले परियोजना कार्यान्वयनको चरणमा केही कामहरू गर्नुपर्ने देखिएकाले सौर्य ऊर्जा परियोजना आउँदो लगानी सम्मेलनमा आयोजना विकास सम्झौता  गर्ने परामर्शका लागि वार्ता समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले अपर मर्स्याङ्दी जलविद्युत् परियोजनाको विस्तृत परियोजना जानकारीमा लिई त्यसलाई वार्ता समिति गठन गर्ने निर्णय पनि भएको पनि बताउनुभयो ।

सह–सचिव उपाध्यायले परियोजना सहजीकरण गर्ने विषयमा अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग छुट मुआब्जा र क्षतिपूर्तिका विषयमा अध्ययन गर्ने बनेको समितिलाई एक महिनाको समयअवधि थप गरेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका