जोडिनुहोस
  • होमपेज
  • आज २०८१ सालको पहिलो दिन, वैशाख १ गते शनिबारको राशिफल

आज २०८१ सालको पहिलो दिन, वैशाख १ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः नयाँ वर्षको दिन रमाइलो र सुखद् यात्रा हुने योग छ। लगानी गरेको क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। आफूभन्दा ठुला मान्छेको सुझाव अनुसार अगाडि बढ्दा फाइदा हुनेछ।

वृषः तपाईंले गर्नुभएको राम्रो कामको चर्चा हुनेछ। श्रम गरेर अरुलाई खुशी बनाउने दिन हो। श्रम अर्थात् मेहनत गरेको क्षेत्रमा सफलता मिल्नेछ। गुरुको सुझावमा अगाडि बढ्नु राम्रो हुन्छ।

मिथुनः दिनभर मन अस्थिर भए पनि साँझ परेपछि मन शान्त हुनेछ। काममा बाधा र अवरोध देख्नुपर्ने हुनसक्छ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंप्रति असन्तुष्टि देखिन सक्छन्। वैदेशिक लगानीबाट भने फाइदा हुनेछ।

कर्कटः आकस्मिक लाभको योग छ। शेयर कारोबारमा ठुलो फाइदा हुने देखिन्छ। विदेशमा लगानी गरेको भए त्यसबाट राम्रो कमाइ हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। बोल्दा ख्याल गर्नु राम्रो हुन्छ।

सिंहः विशेष व्यक्तिसँग भेट हुने योग रहेको छ। यात्रामा जोखिम भएकाले सकेसम्म ननिस्कनु राम्रो हुन्छ। शिक्षामा सफलता हात लाग्नेछ। परिवारको माया पाउने दिन हो।

कन्याः नयाँ लुगा लगाउने अवसर मिल्नेछ। लगानीको क्षेत्रमा सफलता प्राप्त हुने योग छ। तपाईंले न्याय पाउने दिन छ। सामाजिक क्षेत्रमा मान र सम्मान बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त होला।

तुलाः सुन्दर बन्न मन लाग्नेछ। खर्च बढी हुने भएकाले मुट्ठी कस्नु राम्रो हुन्छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। साथी र बन्धुको साथ मिल्नेछ। परिवारमा सम्मान प्राप्त हुनेछ।

वृश्चिकः नयाँ वर्षको दिन तपाईंका लागि उल्लासमय बन्नेछ। मन खुशी हुनेछ। शुभ समाचार सुन्न पाइने छ। श्रम गरेको क्षेत्रमै फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः रमाइलो र मनोरञ्जनात्मक यात्रा हुनेछ। आज दिनभर साथी र आफन्तको साथ मिल्नेछ। राम्रो कामको सुरुवात गर्ने दिन छ। सामाजिक सेवाको अवसर मिल्नेछ। विशिष्ट व्यक्तिसँग भेट हुनेछ।

मकरः आर्थिक स्रोत सबल बन्नेछ। चलाखीपूर्ण तर्कले तपाईं फाइदामा पर्नुहुनेछ। समस्या देखियो भने सानो भनेर छोड्नु हुँदैन। खर्च बढी हुने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ।

कुम्भः नयाँ वर्षकै दिन अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने देखिन्छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा उन्नति हुनेछ। निर्णय गर्नु अगाडि अरुलाई पर्खिने भन्दा आफू स्वयम् सुझबुझपूर्ण तरिकाले अगाडि बढ्नु राम्रो हुन्छ।

मीनः आफन्तको प्रगतिमा मन खुशी हुनेछ। घरमा आएका आफन्तले सम्मान दर्शाउने देखिन्छ। श्रम गरेको क्षेत्रबाट हुने आम्दानीले सन्तोष दिनेछ। धेरै मान्छेले तपाईंको पक्षमा बोल्नेछन्। दान गर्दा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका