जोडिनुहोस
  • होमपेज
  • आईपिएलः लखनउमाथि दिल्लीको शानदार जित

आईपिएलः लखनउमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले शानदार जित निकालको छ। लखनउ सुपर जाइन्टमाथि दिल्लीले ६ विकेटको जित निकालेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको लखनउले ७ विकेटको क्षतिमा १६७ रन बनाएको थियो। १६८ रनको चुनौती पाएको दिल्लीले १८.१ ओभरमा ४ विकेटको क्षतिमा १७० रन बनाउँदै ६ विकेटको शानदार जित निकालेको हो।

दिल्लीको जितका लागि जेक फ्रेजर म्याकगुर्कले अर्धशतकीय इनिङ खेले। उनले ३५ बलमा ५५ रन जोड्दा कप्तान ऋषभ पन्तले ४१ रन बनाए। ओपनर पृथ्वी शा ३२ रन बनाएर आउट हुँदा डेबिड वार्नरले ८ रनमात्र जोडे। दिल्लीका ट्रिस्टन स्टब्स र साई आशा नटआउट १५ र ११ रनमा समेटिए।

दिल्लीलाई रोक्न लखनउका लागि रवि विश्नोईले दुई विकेट हात पारे भने यश ठाकुर र नवीन उलहकले समान एकएक विकेट लिए।

सुरुमा ब्याटिङ गरेको लखनउका लागि आयुष बडोनीले नटआउट अर्धशतकीय इनिङ खेले। ३५ बलमा उनले ५५ रन पुरा गरेका हुन्। कप्तान केएल राउलले २२ बलमा ३९ रन बनाए। आदर्श खानले नटआउट २० रन बनाउँदा क्विन्टन डि ककले १९ रन जोडे।

लखनउलाई सस्तैमा समेट्न दिल्लीका लागि कुलदीप यादवले तीन विकेट लिए। उनी खेलको म्यान अफ द म्याच बने। खलील अहमदले दुई विकेट हात पार्दा ईशान्त शर्मा र महेश कुमारले एकएक विकेट लिए।

शुक्रबारको खेलमा विजयी भएसँगै दिल्लीले ६ खेलमा दुई जितसहित ४ अंक जोडेको छ। दिल्ली अन्तिमबाट दोस्रो स्थानमा छ। पाँच खेल खेलेको लखनउ तीन जितसहित ६ अंकका साथ तालिकाको चौंथो स्थानमा छ।

आईपिएल अन्तर्गत शनिबार एक खेल हुँदैछ। साँझ ७ः४५ मा हुने खेलमा पञ्जाब किंग्स र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका