जोडिनुहोस
  • होमपेज
  • उपचारका क्रममा मृत्यु भएका डाँगीलाई शहीद घोषणा गर्न राप्रपाको माग

उपचारका क्रममा मृत्यु भएका डाँगीलाई शहीद घोषणा गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ चैतमा काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठीचार्जबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ ।

राप्रपाले आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा घाइते भएका बर्दियाका डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको थियो । राप्रपाले संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरुमाथि गरिएको दमन निन्दनीय भएको पनि बताएको छ ।

प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘नागरिकको हत्या गरिनु कायरता र लोकतन्त्रको उपहास हो । स्व. ठाकुर प्रसाद डाँगीलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न राप्रपा सरकारसंग माग गर्दछ ।’

२७ चैतमा राप्रपाले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज, पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । त्यस क्रममा करिब ५० जना घाइते भएका र धेरै जना उपचारपछि घर फर्केका श्रेष्ठले जानकारी दिए । उनका अनुसार शल्यक्रिया गर्नुपर्ने छ जना अझै उपचारको क्रममा विभिन्न अस्पतालमा रहेका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका