जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बन्छ, केन्द्रमा जे पनि हुन सक्छ ; राजेन्द्र पाण्डे

सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बन्छ, केन्द्रमा जे पनि हुन सक्छ ; राजेन्द्र पाण्डे

नेकपा एकीकृत समाजवादीले सरकार छाड्ने संकेत देखाएको छ । पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सहमति अनुसार गठबन्धनमा रहेका दलले पार्टीलाई जिम्मेवारी नदिएपछि जे पनि हुनसक्ने अवस्था भएको बताए ।

पाण्डेले सोमबार कुरा गर्दै भने ‘हामीलाई दिएको जिम्मेवारी अनुसार सरकार अगाडि नबढेपछि साथीहरूले नयाँ बाटो रोजेका छन् । कुरा स्पष्ट छ । सुदूरपश्चिमको मुख्यमन्त्री हामीलाई दिने सहमति भएको थियो । त्यहाँबाट सरकार पछि हटेको छ । यस्तो भएपछि के सहयात्रा होला र रु’

सत्ता गठबन्धनले सुदूरपश्चिममा आफ्नो भागमा परेको मुख्यमन्त्री नाउपालाई दिने भएपछि समाजवादी आफ्नो बाटो लागेको उनले स्पष्ट पारे ।

उनले भने, ‘केन्द्रमा दुई वटा मन्त्री देऊ अनि हामी बाकी कुरामा चुप बस्छौँ भनेर हस्ताक्षर गरेको थियो र रु भाग अनुसार त पाउँनुपर्यो नि । सूदुरपच्चिममा कांग्रेससँग मिलेर नै सरकार बन्छ । अरू विकल्प छैन ।’

यसैबीच सुदूरपश्चिममा कांग्रेसका रेशम चौधरी पक्षका नेता लक्ष्मणकिशोर चौधरीलाई नेपाली कांग्रेस र समाजवादीले सहयोग गरेका छन् । उनलाई नेपाली कांग्रेसका १८, नाउपा रेशम पक्षका ५ र एकीकृत समाजवादीका ४ सांसदको साथ रहेको छ । यसो हुँदा उनको पक्षमा २७ सांसदले मतदान गर्ने देखिन्छ । प्रत्यक्षतर्फ एक स्वतन्त्र निर्वाचित सांसदले भने कसलाई सहयोग गर्ने खुलेको छैन । यस्ते राप्रपाका एक संसद्को मत पनि लक्ष्मणकिशोरको पक्षमा आउने देखिन्छ ।

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि बहुमतका लागि २६ सदस्यको समर्थन आवश्यक पर्छ । यसरी हेर्दा रेशम पक्षका नेता लक्ष्मणकिशोर बलियो देखिन्छन् । यता कैलाश चौधरीको पक्षमा २१ मत छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका