जोडिनुहोस
  • होमपेज
  • इलाम पुगेर शेखरले भेटे किराँत धर्म गुरु आत्मनन्द

इलाम पुगेर शेखरले भेटे किराँत धर्म गुरु आत्मनन्द

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले किराँत धर्म गुरु आत्मनन्द लिङ्देनलाई भेटेका छन् ।

उपनिर्वाचनको प्रचारका लागि इलाम–२ पुगेका कोइरालाले आज लिङ्देनको आश्रम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा पुगेर उनलाई भेटेका हुन ।

भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको गुनासो गरेका थिए ।

गिरिजाप्रसाद कोइराला ३ पटक आफूलाई भेट्न आएको स्मरण गर्दै लिङ्देनले कोइरालालाई भने –‘गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएन । माओवादी द्वन्द्व समाधान गर्न तपाईँले निकै राम्रो भुमिका खेल्नुभयो । अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस्, म तपाईँको साथमा छु ।’

जवाफमा नेता कोइरालाले आफू यति बेला सबै भन्दा माथि देश र जनता छन भन्ने अभियान बोकेर हिँडेको बताए । कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशीर्वाद लिन आएको बताएका थिए ।

कोइरालाले अहिलेको बेथिति हटाएर देशलाई निकास दिन सक्छु भन्ने कुरामा विश्वस्त रहेको धारणा राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका