जोडिनुहोस
  • होमपेज
  • एकीकृत समाजवादी सुदूरपश्चिम सरकारबाट बाहिरियो

एकीकृत समाजवादी सुदूरपश्चिम सरकारबाट बाहिरियो

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एकीकृत समाजवादी पार्टी बाहिरिएको छ । संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको समाजवादी सुदूरपश्चिम सरकारबाट बाहिरिएको हो ।

समाजवादीका तर्फबाट आर्थिक मामिलामन्त्री बनेका नरेशकुमार शाहीले केन्द्रमा समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने भन्दै सरकारबाट फिर्ता भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

चार जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठक बसेर आजै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ ।

माओवादी केन्द्रले यसअघि बुधबार नै प्रदेश सरकारलाई दिएको समर्थन लिएको थियो । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका