जोडिनुहोस
  • होमपेज
  • ओलीलाई विश्वप्रकाशको जवाफ- हामीले ढोक्सा थापेको होइन तपाईँले प्रधानमन्त्रीलाई पिँजडामा राखेको

ओलीलाई विश्वप्रकाशको जवाफ- हामीले ढोक्सा थापेको होइन तपाईँले प्रधानमन्त्रीलाई पिँजडामा राखेको

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति र प्रधानमन्त्रीमा कांग्रेसको दाबी रहेको प्रष्ट पार्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद्को रोष्टमबाटै जवाफ फर्काएका छन् ।

प्रतिनिधि सभाका सभामुख उम्मेदवार ईश्वरी न्यौपानेको प्रस्तावकका रूपमा बोल्दै शर्माले कांग्रेसले ढोक्सा थापेर माछा पार्ने प्रयास नगरेको बताए । बरु एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई कसिलो पिँजडामा राख्न खोजेको आरोप उनले लगाए

शर्माले भने- म मेरै जिल्लाका श्रद्धेय नेताले माछा र ढोक्साको कथा सुनाएर कांग्रेसलाई ढोक्सा नथाप्न सुझाव दिनुभएको स्मरण गर्छु । कांग्रेसले माछा पर्छ भनेर ढोक्सा थापिरहेको छैन । बरु तपाईँले माछा पर्ने पिँजडा कसिलो पार्नुभएको छ । आफू प्रधानमन्त्री हुँदा आफ्नै अर्का अध्यक्षको उच्चस्तरीय संयन्त्रको प्रस्ताव अस्वीकार गर्ने तपाई आज त्यही संयन्त्रमार्फत प्रधानमन्त्रीलाई पिँजडामा राख्दै हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका