जोडिनुहोस
  • होमपेज
  • प्रदेश-१ को नामकरण छिट्टै टुंगोमा

प्रदेश-१ को नामकरण छिट्टै टुंगोमा

काठमाडौं, मुलुकमा संघीय प्रणालीअनुसारको शासन व्यवस्था कार्यान्वायनमा आएको पाँच वर्ष बितिसक्दा समेत नामकरण हुन नसकेको प्रदेशनम्बर–१ को नाम चाँडै टुंगो लाग्ने बताइएको छ ।

प्रदेशको नामकरणको विषयमा सार्वजनिक कार्यक्रमहरूमा भाषण गरिए पनि प्रदेश सरकारले यो विषयलाई अझसम्म सदनमा लगेको छैन ।

यद्यपि, प्रदेश–१ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको नामकरणलाई वर्तमान सरकारले महत्वपूर्ण एजेन्डा बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने– ‘यो सरकार सुरूकै चरणमा छ, अब हामी प्रदेश नामकरणको विषयमा व्यापक छलफल गरेर चाँडै एउटा निचोडमा पुग्छौं ।’

यसपटक प्रदेशको नामकरण गरेरै छाड्ने दाबी गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले भने– ‘गएको पाँच वर्षमा तीन वटा सरकार फेरिए ।

तर, प्रदेशको नामकरण गर्न सकेनन् । यो सरकारले पनि कहीँ कतै भाषणमा प्रदेश नामकरणको कुरा उठान गरे पनि अहिलेसम्म प्रदेश नामकरणको विषयमा एजेन्डा टेबुल गरेको छैन । तर, यो कार्यकालमा हामीले नाम राख्न सक्छौं सक्नुपर्छ ।’
नेपाल समाचारपत्र दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका