जोडिनुहोस
  • होमपेज
  • अनन्त थापा राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षक नियुक्त

अनन्त थापा राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षक नियुक्त

काठमाडौं । अनन्त थापा राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले अनन्तलाई भारत विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक नियुक्त गरेको जनाएको छ । आइतबार एन्फा मुख्यालयमा एन्फा महासचिव किरण राईले थापालाई नियुक्ती पत्र प्रदान गरे ।

गंगा गुरुङ सहायक प्रशिक्षक र सुरजकुमार लामा गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । बृन्दा देवान टिम म्यानेजर नियुक्त भएकी छन् ।नेपालले फेब्रुअरी १३ देखि २५ भित्रमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

घरेलु फुटबलमा ए डिभिजन क्लब नेपाल पुलिसको प्रशिक्षक रहेका अनन्तलाई एन्फाले भारतसँगको खेलका लागि मात्रै प्रशिक्षक नियुक्त गरेको हो ।

राष्ट्रिय टिमका पूर्व खेलाडी समेत रहेका थापाले यसलाई अवसर र चुनौतीका रुपमा लिएका छन् । ‘यो मेरो लागि अवसर र चुनौती पनि हो । भारत दक्षिण एसियाको राम्रो टोली हो । नेपालमा साफ च्याम्पियनसिप हुँदा म प्राविधिक कमिटीमा रहेर काम गरेको थिएँ । अब राम्रो तयारी गरेर खेल्ने योजना छ’, थापाले भने ।

उनले टिमको बन्द प्रशिक्षक केही दिनमै सुरु हुने र खेलाडीको सूची छिटै सार्वजनिक हुने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका