जोडिनुहोस
  • होमपेज
  • पदाधिकारी बैठकपछि प्रधानमन्त्रीले भने- सकेसम्म गठबन्धन नटुटोस् भन्ने मेरो प्रयास छ

पदाधिकारी बैठकपछि प्रधानमन्त्रीले भने- सकेसम्म गठबन्धन नटुटोस् भन्ने मेरो प्रयास छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन जोगाउने पक्षमा आफू रहेको बताएका छन् । पार्टी पदाधिकारी बैठकपछि बाहिरिने क्रममा रास्वपाले गृहमन्त्री नपाए सरकार छाड्ने चेतावनी दिएको छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफूहरू सल्लाहमै भएको बताए ।

उनले भने, ‘हाम्रो कोसिस भइरहेको छ । सकेसम्म नटुटोस् भन्ने मेरो प्रयास छ । अदालतको पूर्णपाठ नआएसम्म आफैंलाई राख्न सुझाव छ । हामी सल्लाहमै छौं ।’

आज बिहानमात्र रविले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए । प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय लिँदा स्वार्थ बाझिने र बाहिर जवाफ दिन पनि अप्ठेरो हुने भन्दै लामिछानेलाई अर्को मन्त्रालय लिन आग्रह गरेका छन् ।

लामिछानेले साँझसम्म यसअघि सरकार बनाउने बेला भएको समझदारीअनुसार गृहमन्त्रालय रास्वपालाई दिन र शपथग्रहण गराउन भनेपछि प्रधानमन्त्रीले त्यसमा आनाकानी गरेका थिए ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार रविलाई गृह मन्त्रालय नदिन माओवादीभित्र दबाब छ । सरकारको नेतृत्व गरिरहेको पार्टीले महत्त्वपूर्ण मन्त्रालय नलिएको भन्दै प्रचण्डमाथि माओवादीभित्रबाटै गृह नछाड्न दबाब बढेको छ ।

एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले पनि नागरिकताको पुनः प्राप्ति प्रक्रिया पूरा गरेपछि उनलाई गृहमन्त्री बनाउन आग्रह गरिसकेका छन् । ६ महिनाभित्र उपचुनावबाट रवि पुनः सांसद हुने तयारीमा छन् । उनलाई एमालेले सघाउने संकेत दिइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका