जोडिनुहोस

रोहितको वरीयता यथावत

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका ब्याटर रोहितकुमार पौडेलको ब्याटिङ वरीयता यथावत रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीयको नयाँ वरीयतामा रोहित ८१ औं स्थानमा यथावत रहेका छन् ।

बलिङतर्फ सन्दीप लामिछानेले ४६ औं स्थानमा यथावत रहेका छन् । ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।

बलिङतर्फ भने भारतका तीव्र गतिका बलर मोहम्मद सिराज शीर्ष स्थानमा रहेका छन् । एकदिवसीय वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका