जोडिनुहोस
  • होमपेज
  • भण्डारीलाई थप उपचारका लागि विदेश लैजान चिकित्सकको सुझाव

भण्डारीलाई थप उपचारका लागि विदेश लैजान चिकित्सकको सुझाव

काठमाडौं : ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई थप उपचारका लागि विदेश लैजान कीर्तिपुर अस्पतालले  सुझाव दिएको छ।

स्रोत साधन अभावमा यहाँ उपचार असम्भव रहेको भन्दै अस्पतालले थप उपचारका लागि विदेशका सुविधासम्पन्न लैजान सिफारिस गरेको हो। नेता भण्डारीको शरीरको २५–३० प्रतिशत र हरिकलाको करिब ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ

काठमाडौंको बुद्धनगरस्थित निवासमा गएराति १० बजेतिर ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा हरिकला भण्डारी पनि गम्भीर घाइते भएका थिए। लगत्तै उनीहरूलाई कीर्तिपुर बर्न अस्पतालमा लगी आईसीयूमा राखेर उपचार भइरहेको छ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राति नै कीर्तिपुरस्थित बर्न सेन्टर पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। बिहान कांग्रेस महामन्त्री गगन थापा, नेता प्रदीप पौडेललगायत नेता अस्पताल पुगेर भण्डारीलाई भेटेका छन्।

एमालेका केही नेता पनि भण्डारीको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका