जोडिनुहोस

खेलकुद

सिताको वरीयता यथावत

  • Sagarmatha TV
  • बुधबार, फाल्गुन १०, २०७९
सिताको वरीयता यथावत

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य सीता राना मगरको टी-ट्वान्टी ब्याटिङतर्फको वरीयता यथावत रहेको छ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको पछिल्लो वरीयतामा सीता ६८ औं स्थानमा कायमै रहेकी छिन् ।

बलिङतर्फको वरीयतामा नेपालकी कविता कुँवर पनि यथावत रहेकी छिन् । नयाँ वरीयता अनुसार कविता ९५ औं स्थानमा कायमै रहेकी छिन् ।

बलिङतर्फको शीर्ष वरीयतामा इंग्ल्यान्डकी सोफी एक्लेस्टोन रहेकी छिन् ।ब्याटिङतर्फ अष्ट्रेलियाकी ताहलिया म्याकग्राथ शीर्ष स्थानमा रहेकी छिन् ।

महिला टी-ट्वान्टी वरीयतामा नेपाल १८ औं स्थानमा यथावत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका