जोडिनुहोस
  • होमपेज
  • युनाईटेडलाई ६ वर्षपछि उपाधि

खेलकुद

युनाईटेडलाई ६ वर्षपछि उपाधि

  • Sagarmatha TV
  • सोमवार, फाल्गुन १५, २०७९
युनाईटेडलाई ६ वर्षपछि उपाधि

काठमाडौं । म्यानचेस्टर युनाईटेडले काराबाओ कप फुटबलको उपाधि जितेको छ । वेम्बलीमा आइतबार राति न्युकासल युनाईटेडलाई २-० गोल अन्तरले हराउँदै युनाईटेडले उपाधि चुमेको हो ।

खेलको ३३ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३९ औं मिनेटमा सेभेन बोटम्यानले आत्मघाती गोल गर्दा युनाईटेड २-० ले विजयी भयो । यससँगै युनाईटेडले ६ वर्षपछि पहिलो उपाधि जितेको छ ।

एरिक टेन हानको नेतृत्वमा युनाईटेडले २०१७ पछि पहिलो उपाधि जितेको हो । युनाईटेडले २०१७ मा जोसे मोरिन्होको नेतृत्वमा युरोपा लिग जितेको थियो ।

युनाईटेडले छैटौं पटक कारबाओ कपको उपाधि जितेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका