जोडिनुहोस

देश

‘ए’ डिभिजन लिग आजबाट

  • Sagarmatha TV
  • शुक्रबार, फाल्गुन १९, २०७९
‘ए’ डिभिजन लिग आजबाट

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट हुँदैछ । लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गर्नेछन् । दिउँसो ४:३० बजेदेखि सुरु हुने उद्घाटन समारोहमा विभिन्न सेलिब्रेटीहरूको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको सहभागिता रहनेछ ।

लिगको पहिलो खेलमा एफसी खुमलटार र फ्रेन्ड्स क्लवबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेल साँझ ५:३० बजे सुरू हुनेछ । तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।

यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रूपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउनेछन् । मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रूपैयाँ पाउनेछन् ।

प्रत्येक खेलको विजेता क्लवले म्याच मनीबापत ५० हजार रूपैयाँ प्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रूपैयाँ पाउनेछन् ।

लिगमा संकटा क्लब , नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब, त्रिभुवन आर्मी, एनआरटी, जाउलाखेल युथ क्लब, मनाङ मस्याङदी, थ्रीस्टार, खुमलटार, चर्च ब्वाइजलगायतका टीमबीच एसपटक भिडन्त हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका