जोडिनुहोस
  • होमपेज
  • रोहितको कप्तानीमा नेपाली टोलीको घोषणा

रोहितको कप्तानीमा नेपाली टोलीको घोषणा

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालमा आयोजना हुने त्रिकोणात्मक सिरिजका लागि घरेलु टोलीको घोषणा भएको छ ।

बिहिबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्सीय नेपाली टोलीको घोषणा भएको हो ।

टोलीमा यस अघि यूएई भ्रमणमा रहेका सन्दीप जोरा बाहेकका सबै खेलाडीलाई निरन्तरता दिईएको छ । यस त्रिकोणात्मक सिरिजमा नेपालले यूएई र पपुवा न्युगिनिसँग समान २/२ लिग टूको खेल खेल्नेछ ।

टियु मैदानमा आयोजना हुने सो त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ ।

मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपाली टोली-

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र सन्दीप लामिछाने

वैकल्पिक खेलाडी
सन्दीप जोरा,कमलसिंह ऐरी,श्याम ढकाल र अर्जुन साउद

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका