जोडिनुहोस
  • होमपेज
  • सामूहिक बलात्कार आरोपमा दाङबाट ३ जना पक्राउ

सामूहिक बलात्कार आरोपमा दाङबाट ३ जना पक्राउ

काठमाडौँ । दाङबाट प्रहरीले सामूहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । २९ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई शनिबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आरोपीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगेर बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ । अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका