जोडिनुहोस
  • होमपेज
  • इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा १३ जनाको मृत्यु

इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा १३ जनाको मृत्यु

काठमाडौँ— इक्वेडरमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३ जनाको ज्यान गएको पुष्टि भएको छ ।

दक्षिणी तटीय क्षेत्रमा ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । १२ जनाको एल ओरो र एक जनाको अजुए प्रान्तमा ज्यान गएको इक्वेडरका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

मनाबी, मान्ता र राजधानी क्विटोलगायत अन्य धेरै सहरहरूमा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि धेरै सहरमा भवनहरू क्षतिग्रस्त भएका छन् । दक्षिणी प्रान्त एल ओरो सबैभन्दा बढी प्रभावित भएको छ ।

मानिसहरू भत्किएका घरमा फसेका छन् । उद्धारको काम भइरहेको छ । भूकम्पको केन्द्रबिन्दु इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट झण्डै ५० माइल बालाओ नजिक रहेको थियो ।

आपत्कालीन टोलीहरू प्रभावित क्षेत्रमा खटिएका छन् । सन् २०१६ यता इक्वेडरमा आएको यो सबैभन्दा शक्तिशाली भूकम्प हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका