जोडिनुहोस
  • होमपेज
  • राहदानी विभागले आज बिदाका दिन पनि सेवा दिने

राहदानी विभागले आज बिदाका दिन पनि सेवा दिने

काठमाडौं।राहदानी विभागले आज अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ । सरकारले घोडेजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ ।

विभागका सूचना अधिकारी खिमानन्द भुसालले आज बिहान १० देखि दिउँसो साढे २ः३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताए । आज मङ्गलबारका लागि आठ सय जनाले राहदानीका लागि फर्म भरेकोले २ः३० बजेसम्म सेवा दिने भुसालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका