जोडिनुहोस
  • होमपेज
  • भीम रावलले कर्तव्य पालना गर्नुभएको छैनः विष्णु पौडेल

भीम रावलले कर्तव्य पालना गर्नुभएको छैनः विष्णु पौडेल

कैलाली– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टी सदस्यका रुपमा गर्नुपर्ने कर्तव्य पालना नगरेको बताएका छन् । रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको तथा पार्टी अनुशासन पालना नगरेर गल्ती गरेको पौडेलको भनाइ छ ।

आज बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले यस्तो बताएका हुन् ।

‘भीम रावलजीले पार्टीको अनुशासनको दृष्टिकोणले, पार्टीको एउटा जिम्मेवार सदस्यले पालना गर्नुपर्ने कर्तव्यको दृष्टिकोणले, उहाँले पार्टी सदस्यको कर्तव्य पालना गर्नु भएको छैन । उहाँले पार्टीको निर्णय पालना गरेर चल्नु भएको छैन । पार्टीको निर्णयको खिलाफ सार्वजनिक रुपमा बोल्नु भएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि गरिरहनु भएको छ,’ उपाध्यक्ष पौडेलले भने ।

रावलले कहिले पत्रकार सम्मेलन गरेर र कहिले अधुरा सूचनाका आधारमा क्रियाप्रतिक्रियामा ओर्लिएर गल्ती गर्दै गएको पौडेलको आरोप छ ।

‘घरी उहाँ पत्रकार सम्मेलन गर्नुहुन्छ, घरी क्रियाप्रतिक्रियामा ओर्लिनुहुन्छ । कतिपय अधुरा सूचनाको आधारमा प्रतिक्रियामा उत्रिनुहुन्छ । यहाँले एकपछि अर्को गल्ती गर्दै गर्दै जानुभएको छ,’ उपाध्यक्ष पौडेलले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका