जोडिनुहोस
  • होमपेज
  • मिटरब्याज पीडित जनता र उद्योग व्यवसायीको माग पूरा गर्न एमालेको ध्यानाकर्षण

मिटरब्याज पीडित जनता र उद्योग व्यवसायीको माग पूरा गर्न एमालेको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेले मिटरब्याज पीडित र उद्योगी व्यवसायीको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । एमाले सचिवालय बैठकले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि ठोस, सार्थक र शीघ्र पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

मिटर ब्याज असुल गर्ने कामलाई अपराध ठहर्‍याउने गरी कानुनी व्यवस्था गर्न माग गर्दै एमालेले त्यसमा लागेकाहरूलाई तत्काल कडा कानुनी कारबाही गर्न माग गरेको हो ।

उनीहरूले झुक्यानमा पारी कब्जा गरेका जग्गा जमिन पीडितहरूलाई फिर्ता गराउन र यस विषयमा मुद्दा लगाएर जेलमा थुनिएका या फरार हुन बाध्यहरूलाई उन्मुक्ति दिन पनि एमालेले माग गरेको छ ।

यस्तै एमालेले मौद्रिक तरलताको संकट समाधानका लागि ठोस पहल गर्न, बैंक, वित्तीय संस्था र लघुवित्तहरूको ब्याजदर घटाउन, त्यसलाई वाञ्छित सीमाभित्र कायम राख्न र व्यवसायीहरूका समस्या सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका