जोडिनुहोस
  • होमपेज
  • माओवादीको परीक्षण उपनिर्वाचनले गर्ने, चितवनमा कांग्रेस उम्मेदवारलाई भोट नदिए सहकार्य टुट्ने

माओवादीको परीक्षण उपनिर्वाचनले गर्ने, चितवनमा कांग्रेस उम्मेदवारलाई भोट नदिए सहकार्य टुट्ने

काठमाडौं । माओवादी केन्द्रको परीक्षण आगामी वैशाख १० गते हुने निर्वाचनले गर्ने भएको छ । उपनिर्वाचनमा कांग्रेसले चितवन २ र तनहुँ २ मा उम्मेदवार उठाएको छ । गठबन्धनकै दल जसपाले बारा २ मा उम्मेदवारी दिने भएको छ । यसपटक माओवादी र एकीकृत समाजवादीले उम्मेदवार उठाएका छैनन् ।

बारा २ जसपाले जितेको निर्वाचन क्षेत्र भएको, चितवन २ कांग्रेसले पहिले पाएको निर्वाचन क्षेत्र र तनहुँ २ मा कांग्रेसबाट विजयी रामचन्द्र पौडेल राष्ट्रपति भएकाले खाली भएको क्षेत्र हो । त्यसैले गठबन्धनको मुख्य दल माओवादीले सहजै कांग्रेसलाई दुई र जसपालाई एक क्षेत्रमा सघाउने निर्णय गरेको हो ।
तर चितवन २ मा माओवादी मत यसपटक पनि कांग्रेसलाई जान्छ कि जाँदैन त्यो हेरेर गठबन्धनको भविष्य निर्धारण हुने भएको छ ।

मंसिर ४ गते भएको निर्वाचनमा माओवादीले चितवन ३ मा उम्मेदवारी दिएको थियो । झिनो मतान्तरले माओवादी उम्मेदवार पराजित भए । तर चितवन २ मा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ भारी मतान्तरले रवि लामिछानेसँग पराजित भए । त्यतिबेला चितवन ३ मा माओवादी उम्मेदवार भोजराज अधिकारीविरुद्ध कांग्रेसका दिनेश कोइरालाले बागी उम्मेदवारी दिएको भन्दै माओवादीले चितवन २ मा कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई मत दिएका थिएनन् ।

नत्र श्रेष्ठले १४ हजार मात्रै मत पाउँदैनथे । किनकि चितवन २ मा पर्ने भरतपुर महानगरपालिकामा प्रचण्डकी छोरी रेनु दाहाल मेयर छिन् । रवि लामिछानेले ४९ हजार मत ल्याए भने कांग्रेसका श्रेष्ठले १४ हजार मत ल्याए ।

चितवन २ मा माओवादीले आफ्नो १० हजार मत रहेको दाबी गर्दै आएको छ । अहिले राजनीतिक परिदृश्य फरक छ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छन् । कांग्रेसले गठबन्धन गरेको छ । त्यही भएर यसपटक माओवादीले कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई मत हाल्ने अपेक्षा गरिएको छ । यदि माओवादीले यसपटक पनि कांग्रेसलाई भोट नहालेमा कांग्रेस महामन्त्र गगन थापाले भने जस्तै यो सरकार पाँच वर्षमै ढल्ने निश्चित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका