जोडिनुहोस
  • होमपेज
  • दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा

दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा

काठमाडौं । दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ।

२०७८ असारमा दोर्दी खोलामा आएको बाढीका कारण स्थगित बनेको करिडोर चारवटा टावरहरुको पुनर्निर्माण सम्पन्न भएपछि बिहीबारबाट प्रसारण लाइनलाई पूर्ण रुपमा सञ्चालनमा आएको हो । प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएपछि लगभग ३ सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ।

लमजुङको बेसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइन गत भदौबाट आंशिक खण्ड नेपाल विद्युत प्राधिकरणले सञ्चालनमा ल्याएको थियो।

बाढीले क्षति पुर्याएका टावरहरुको पुनर्निर्माणमा केही समस्या देखापरेसैगै उदीपुर सबस्टेसनबाट निजी क्षेत्रले निर्माण गरेको दोर्दी खोला–१ जलविद्युत आयोजनासम्म दोर्दी करिडोरको लाइन र त्यहाँबाट कीर्तिपुर सबस्टेसनसम्म दोर्दी खोला–१ को प्रसारण लाइन प्रयोग गरी लाइनको आंशिक खण्ड सञ्चालनमा आयो ।

दोर्दी खोला–१ को साढे तीन किलोमिटर प्रसारण लाइन प्रयोग गरी निजी क्षेत्रले निर्माण गरेका जलविद्युत आयोजनाहरुको विद्युत्वै कल्पिक व्यवस्थाको रुपमा जोडिएको थियो।

आयोजना प्रमुख रमेश पौडेलका अनुसार टावरको पुनर्निर्माण सम्पन्न गरेर प्रसारण लाइन सञ्चालनमा आएसँगै दोर्दी खोलामा निर्माण भएका निजी क्षेत्रका सबै जलविद्युत आयोजनाहरुको विद्युत् कीर्तिपुर सबस्टेसनमा जोडिएर दोर्दी करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह भएको थियो ।

प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी खोला–१ र ८।६३ मेगावाटको चेपेखोला साना जलविद्युत आयोजना जोडिएका छन्। निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युतसहित त्यस करिडोरमा निर्माणाधीन र निर्माण हुने अन्य आयोजनाको विद्युत् यही लाइनमा जोडिने छ।

निर्माणाधीन २२० केभी मर्स्याङदी करिडोरको करिब ६ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ। निर्माण अन्तिम चरणमा रहेको उदीपुर सबस्टेसन असारभित्र सञ्चालनमा आउने गरि निर्माणकार्य जारी छ ।

आन्तरिक स्रोतबाट निर्माण गरिएको दोर्दी करिडोर प्रसारण लाइन करिब ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको अनुमान गरिएको छ । प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ। आयोजनाले नै कीर्तिपुरमा १३२ केभी, १० एमभिए क्षमताको सबस्टेसन निर्माण गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका