जोडिनुहोस
  • होमपेज
  • बाटो मिचेर बनाइएका संरचना हटाउन प्रहरीलाई बालेनको आग्रह

बाटो मिचेर बनाइएका संरचना हटाउन प्रहरीलाई बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन साहले बाटो मिचेर बनाएका संरचना हटाउन प्रहरीलाई आग्रह गरेका छन् । मेयर बालेनले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै मानछे हिँड्न बनाइएको फुटपाथथ मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका हुन् ।

उनले फुटपाथ सधैँ मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्छ भनेर आफूहरूले फुटपाथमा व्यापार गर्न रोकेको भन्दै यो नियम सर्वसाधारणका लागि मात्रै नभइ सबैका भएको बताए । ‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ ।’ उनले भने।,

उनले कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत रहेको बताउँदै त्यो संरचना प्रहरी आफैँले हटाउन आग्रह गरेका छन् । उनले यदि प्रहरी आफैँले नहटाए समतामूलक कानुनको प्रयोगको लागि पनि आफूहरू ती संरचना हटाउन बाध्य हुने चेतावनिसमेत दिएका छन् । ‘त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ ।’

राजदूतावासलगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेको उनले जानकारी दिए । प्रहरीले सामाखुसी, जडिबुटी, सिनामंगल तथा बालुवाटारलगायतको क्षेत्रमा बाटो मिचेको उनले जिकिर गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका